14 years girl dead body found

11:16 AM


एक महिना अघि इटहरीमा १४ बर्षिय बालिका सपना भुजेलको हत्याका दोषी अझै पक्राउ पर्न सकेका छैनन । गत फागुन २० गते इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अबस्थामा सपनाको शव फेला परेको थियो । हत्या भएको महिना दिन कटेपनि प्रहरीले दोषी अझै पनि पक्राउ गर्न नसकेको हो ।

सपनाको घाँटी थिचि हत्या भएको प्रहरीको भनाई छ । तर महिना दिन बित्दा समेत इलाका प्रहरी कार्यालय इटहरीले दोषीको पहिचान गर्न समेत सकेको छैन । नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएका डिएसपी ओम अधिकारी यस घटनामा भने पछि परेका छन । इटहरीमा हुने जस्तो सुकै घटनाको ४८ घण्टा भित्र रिजल्ट दिने उदधोष गरेका अधिकारी सपना हत्या काण्डमा भने पछि परेका हुन ।

घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरी, अञ्चल प्रहरी कार्यालय कोशी र पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको बिशेष टोली खटिएका छन । तर घटना भएको लामो समय बित्दा समेत दोषीको पहिचान नहुँदा पिडित परिवारहरु थप पिडामा परेका छन ।

बुबा नरहेको र आमासँग बस्दै आएकी सपना सोझी स्वाभावकी थिइन । आर्थिक अबस्था निकै कमजोर रहेको परिवारमा कसैले बिद्यालय समेत जान पाएका थिएनन । घटनाको अघिल्लो रात छिमेकमा टिभि हेर्न भनि हिडेकी सपना बिहान सम्म नआएपछि परिवारजनले खोजी गरेका थिए । खोजीको क्रममा सपनाको शव घर देखी सय मिटर पर कास घारीमा हत्या गरिएको अबस्थामा शव फेला परेको थियो ।

You Might Also Like

0 comments